काठमाण्डौ । नबिल सेक्युरिटिजले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्ग तीनधारास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको नाम परिवर्तन गरी ‘नबिल स्टक डिलर लिमिटेड’ काम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। केही समयपहिले नेपाल धितोपत्र बोर्डबाट यो कम्पनीले स्टक डिलरको लाइसेन्स पाएको थियो।
कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रावधानहरुमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०७९–८०सम्मको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19