काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज गरेको छ ।
नेप्सेले फण्डको स्कीम कात्तिक १६ गतेदेखि लागू हुने गरी खारेज गरेको हो । नेप्सेले योजना खारेज सम्बन्धमा फण्डले कात्तिक १६ गते सूचना प्रकाशित गरेकाले सूचीकरण खारेज गरेको बताएको छ ।
नबिल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना हो । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ साल भदौ १४ गते अनुमति प्राप्त गरेको थियो । २०७३ साल कात्तिक १९ गतेदेखि सञ्चालनमा रहेको यो योजना परिपक्व पश्चात खारेजी प्रक्रियामा जानेछ ।
योजना व्यवस्थापकले योजना परिपक्व हुँदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी सबै इकाईधनीहरूलाई इकाई संख्याको आधारमा नगद फिर्ता गर्नेछ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यो योजनाको असोज मसान्तसम्म कुल सम्पत्ति १ अर्ब २९ करोड ६६ लाख ५३ हजार ८२८ रूपैयाँ छ ।
के हो डिलिस्टिङ ?
नेप्सेले लामो समयदेखि कारोबार नभएका वा नहुने वा नविकरण नभएका कम्पनीको सूचीकरण खारेज गर्छ। यस अघि पनि नेप्सेले पटक- पटक गरेर धेरै कम्पनीको सूचीकरण खारेज गरिसकेको छ ।
नबिल इक्विटी फण्डको स्कीम परिपक्व हुन लागेकोले सूचीकरण खारेज भएको हो । कम्पनीले सामूहिक लगानी कोष नियमावली, २०६७को नियम ३१ उपनियम ७ बमोजिम योजना नै खारेजी गर्न लागेको हो ।
बजार सञ्चालक नेप्से र बजार नियामक नेपाल धितोपत्र बोर्डले कति कम्पनी कुन हिसाबले सूचीकरण खारेज भए त्यसको विवरण सार्वजनिक गरेको भने देखिएको छैन । भारतको नेशनल स्टक एक्सचेन्ज लिमिटेडले भने विभिन्न कारण सूचीकरण खारेज भएका कम्पनीको विवरण वेबसाइटमा राख्ने गरेको पाइन्छ ।
सूचीकरणमा आइसकेको कम्पनीले सूचीकरण खारेज गर्न पाउँछ। शेयर सूचीकरण भए जस्तै सूचीकरण खारेज पनि हुन्छ । तर यो स्वैच्छिक र बाध्यात्मक गरी दुई प्रकारले हुन्छ । कम्पनी सूचीकरण गराउन पब्लिकमा रूपान्तरण गराइन्छ भने स्वैच्छिक खारेजी गरेर पुनः प्राइभेटमा फर्काइन्छ ।
बाध्यात्मक अवस्थाको खारेजी सहजै हुन्छ । तर, स्वैच्छिक रूपमा खारेज गर्न केही कानूनी शर्त पूरा गर्नुपर्छ र खारेज नहुन पनि सक्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19