काठमाण्डौ । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।
उक्त समारोहमा शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago