काठमाण्डौ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्।
गत शनिबार सम्पन्न विशेष साधारणसभाले अनुमोदन गरेको अन्तिम सम्झौतापत्रमा नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त हुने भएका हुन्। नबिल बैंकका कम्पनी सचिव विनयकुमार रेग्मीका अनुसार ढुंगाना आउँदो असार १७ लागू हुने गरी सीईओमा नियुक्त भएका छन्। उनको सेवा, सुविधा तथा अन्य कुरा नबिल बैंकको सञ्चालक समितिले निर्धारण गर्ने रेग्मीले जानकारी दिए।
नबिल बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल केही दिनभित्रै सकिँदैछ। त्यसैले बैंकले सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो।
ढुंगाना गत पुसमा नेपाल बंगलादेश बैंकको सीईओबाट अवकाश भएका हुन्। उनीसँग तीन दशक बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ। उनी अनुभवी बैंकर रुपमा परिचित छन्।
आउँदो असार १२ गतेबाट ढुंगानाको कुलिङ पिरियड सकिँदैछ। कुलिङ पिरियड सकिएलगत्तै उनले नबिल बैंकको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन्।
नबिलले सोमबार राष्ट्र बैंकलाई नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति माग्दै आवश्यक विवरण पठाएको छ। सोही विवरणमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको व्यवस्थापकीय नेतृत्व ढुंगानाले सम्हाले जानकारी गराइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19