काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार बोनस सेयरका लागि नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नयाँ नेपाल लघुवित्तले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि नेप्सेले संस्थाको सेयरमूल्यमा समायोजन गरेको हो । नेप्सले नयाँ नेपाल लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५०५ रुपैयाँ कायम गरेको छ । अब समायोजित मूल्यअनुसार नै यो संस्थाको सेयर कारोबार खुल्नेछ ।

संस्थाको वार्षिक साधारणसभाबाट यही पुस १९ गते हुँदैछ । सोही सभाबाट प्रस्तावित बोनस सेयर पारित हुनेछ ।

बोनस सेयर र साधारणसभा प्रयोजनार्थ संस्थाले आज (पुस ३ गते) देखि पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ हिजो पुस २ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन् ।