काठमाण्डौ । सरकारले नेपालीका लागि नयाँ श्रम मुलुकको गन्तव्य पहिचान गर्ने कार्यक्रमलाई प्राथमिकता राखेको छ। 

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी गराएका हुन्। ‘विभिन्न मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गर्नुका नयाँ श्रम मुलुकुको गन्तव्य पहिचान गरिनेछ’, उनले भने।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति र श्रम अनुमतिलगायतका सेवाहरु प्रदेश तहबाटै अनलाइनमार्फत उपलब्ध गराइने पनि राष्ट्रपति पौडेलले जानकारी दिए। ‘वैदेशिक रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइनेछ’, उनले भने, ‘कोषको दायरालाई थप फराकिलो र प्रभावकारी बनाइने छ।’