काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जका कम्पनी छनोट गर्न सहसचिव फाणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको छ।
सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकले कानुन मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए। समितिमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट १–१ जना र सेबोनबाट २ जना सदस्य छन्।
समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशन मुकुन्दकुमार क्षेत्री, सेबोनका कार्यकारी निर्देशन एवं प्रवक्ता मुक्तिनाथ श्रेष्ठ र सेबोनका उपकार्यकारी निर्देशन अम्बिका गिरी छन्।
समितिले स्टक एक्सचेन्जलाई अनुमति दिने कम्पनी छनोट प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न सेबोनबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ का आधारमा अंक दिइनेछ’, उनले भने, ‘अंकभारका आधारमा कम्पनी छनोट गरिनेछ।’
सेबोनमा नयाँ स्टक एक्सचेन्जका लागि ३ वटा कम्पनीको आवेदन परेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19