काठमाण्डौ । पछिल्लोपटक सञ्चालनमा आएका थप ७ वटा ब्रोकरले निक्षेप सदस्यता (डीपी) पनि प्राप्त गरेका छन्। 

सीडीएससीले आज एक कार्यक्रमबीच ती नयाँ ब्रोकर निक्षेप सदस्यता प्रदान गरेको हो। 

सीडीएससीले प्रोपर्टी बिजार्ड, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोलेगणेश सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी र मियो सेक्युरिटिजलाई निक्षेप सदस्यता प्रदान गरेको हो। 

धितोपत्रको केन्द्रीय सदस्यता (डीपी) सेवा प्रदानका लागि केही दिनअघि यी ब्रोकरले सीडीएससीमा आवेदन दिएका थिए। सोही आवेदनका आधारमा सीडीएससीले ती ब्रोकरलाई डीपी प्रदान गरेको हो।