काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज साँझसम्म ४५ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिन सिफारिस पठाएको छ। 

सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो। यो समाचार तयार पार्दासम्म पनि सेबोनमा ब्रोकर लाइसेन्सको आवेदन दिने प्रक्रिया चलिरहेको छ। ‘नयाँ ब्रोकर लाइसेन्सका लागि कति आवेदन पर्यो भन्ने विषयमा साँझ ६ बजेपछि मात्र थाहा होला’, सेबोनका एक उच्च अधिकारीले भने। 

ती अधिकारीले नेप्सेबाट सिफारिस भई आएका कम्पनीहरुको मापदण्ड पूरा भए नभएको अध्ययन गरेरमात्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दर्ता गरिने बताए। ‘धेरै कम्पनीहरुले सेबोनसँग परामर्श लिएरै नेप्सेसँग सिफारिस मागेका छन्, त्यसैले धेरैजसो मापदण्ड पूरा गरेरै आवेदन दिन सक्छन्’, ती अधिकारीले भने, ‘तर, सबै कागजपत्र हेरेरमात्रै सेबोनमा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दर्ता हुनेछ।’

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ। 

यी हुन् नेप्सेबाट ब्रोकर लाइसेन्सका लागि सिफारिस पाउने कम्पनीहरु र तिनका सेयरपुँजी