काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी मार्केटको लाइसेन्सन दिन अगाडि बढाएको प्रक्रिया हाललाई यथास्थितिमै राख्ने निर्णय गरेको छ।
सेबोनले आज एक सूचना जारी गर्दै हाललाई आवेदन दिनेलगायत थप कामकारबाही बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको जानकारी गराएको हो।
सर्वोच्च अदालतबाट नयाँ लाइसेन्स वितरणको प्रक्रिया तत्काल रोक्न अल्पकालीन आन्तरिम आदेश जारी भएसँगै आवेदन लिनेलगायतका थप कामकारबाही अर्को निर्णय नहुँदासम्म रोक्ने निर्णय सेबोनले गरेको छ। सेबोनले गत असोज २ गतेबाट ३० दिनको म्याद राखेर नयाँ ब्रोकर लाइसेन्स तथा ४५ दिनको म्याद राखेर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि लाइसेन्स लिन आवेदन खुला गरेको थियो।
सेबोनमा अन्तिम दिनसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्। नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवेदन दिने म्याद भने आज कात्तिक १५ गतेसम्म थियो। ‘हिजोसम्म नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि एउटा पनि आवेदन परेको छैन’, सेबोनका प्रवक्ता रुपेश केसीले भने।
अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी मार्केट सञ्चालनको लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो। सर्वोच्चले विपक्षीविरुद्ध कारण देखाउ आदेश र अन्तरिम आदेशमा छलफलका लागि कात्तिक २२ गते उपस्थित हुन आदेश पनि जारी गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago