काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आवेदन प्राप्त भएको २१ दिनभित्र व्यापारिक लाइसेन्स वितरण गर्ने गरी नीति ल्याउन लागिएको बताएका छन्।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जलगायतका व्यापारिक लाइसेन्स आवेदन प्राप्त भएको २१ दिनभित्र वितरण गर्न सकिने गरी नीति ल्याउन लागिएको बताएका हुन्। ‘यसका लागि सम्बन्धित निकायहरुसँग छलफल भइरहेको छ’, उनले भने, ‘नीति बनाउने काम पनि अन्तिम चरणमा पुगिसकेको छ।’
त्यसो त सेबोनले गत असोजमा आवेदन खुला गरेको नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया सर्वोच्च अदालतमा रिट परेपछि रोकिएको छ। उक्त रिटमाथि धेरैपटक सुनुवाइ भए पनि अन्तिम फैसला भने आउन सकेको छैन।
पूर्वाधार विकास लागि पहिले पुँजी बजारको विकास हुनुपर्ने पनि अध्यक्ष हमालको भनाइ थियो। ‘सरकार काम गर्ने शैलीमा ढिलासुस्ती भइरहेको छ, क्रमिक रुपमा सुधार हुँदै जाला’, उनले भने, ‘अब पुँजीबजारको विकास द्रुतगतिमा हुनेछ।’
अध्यक्ष हमालले पुँजीबजारलाई दिगो, पूर्ण पारदर्शी र निष्पक्ष बनाउन सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘पुँजीबजारलाई एउटा गन्तव्यमा पुर्याउने मेरो प्रयास जारी छ’, उनले भने, ‘त्यसमा तपाइँहरुको साथ आवश्यक छ।’
अध्यक्ष हमालले सेयर बजारसँग सम्बन्धित सचेतनामूलक डकुमेन्ट्री सेबोनले बनाइएको पनि जानकारी दिए। ‘त्यसमा वरिष्ठ कलाकार हरिवंश आचार्यको सहभागिता रहेको छ’, उनले भने।
उक्त डकुमेन्ट्री पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago