काठमाण्डौ । नयाँ वर्ष २०८० को अवसरमा सनराइज क्यापिटल लिमीटेडले आफ्ना ग्राहकलाई दीर्घकालीन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष्यसहित लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ एसआईपि पोर्टफोलियो योजना संचालनमा ल्याएको छ ।

यो योजनामा सहभागी हुने लगाानीकर्ताहरुले निश्चित समयको अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिबाट दीर्घकालीन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ । 

धितोपत्र बजारमा सहभागी हुन चाहने तर आफ्नो लगानी आफैं व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताहरुका लागि यो योजना एक लोकप्रिय लगानी विकल्प हो । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानीकर्ताहरुको जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

यस योजनामा सहभागी हुन चाहने लगानीकर्ताहरुले न्यूनतम ३ लाख लगानी गर्नुपर्ने छ । नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ । लगानी अवधि पाँच वर्षको हुनेछ र साना तथा ठूला सबै किसिमका लगानीकर्ताका लागि यो योजना लाभदायी सावित हुनेछ ।