काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि थालेको प्रारम्भिक चरणको काम यही साताभित्र पूरा गर्ने भएको छ।
सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ अबको १–२ दिनभित्र नयाँ ब्रोकर लाइसेन्सका लागि परेका आवेदनहरुको अध्ययन कार्य सकिने जानकारी दिएका हुन्। ‘अहिलेसम्म हामीले २९ वटा कम्पनीको आवेदन अध्ययन गरेर आशयपत्र (एलओआई) दिइसकेका छौँ’, उनले भने, ‘अब बाँकी रहेका आवेदनहरुको अध्ययन भइरहेको छ। १–२ मा अध्ययन कार्य सकिनेछ। त्यसैले कति कम्पनीले एलओआई पाउँछन् भन्ने कुरा बिहीबार वा शुक्रबारसम्म टुंगो लाग्ला।’
सेबोनमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्। एलओआई पाएका कम्पनीहरुले सेबोनले तोकेको मापदण्ड पूरा गरी भौतिक पूर्वाधार निर्माणको काम पूरा गरेपछि मात्रै ब्रोकर लाइसेन्स पाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स लिन परेका कम्पनीहरुको फाइल पनि अध्ययन भइरहेको श्रेष्ठले बताए।
सेबोनमा नयाँ स्टक एक्सचेन्जका लागि ३ वटा कम्पनी र कमोडिटिज एक्सचेन्जका ४ वटा आवेदन परेका छन्। सेबोनले एउटा नयाँ स्टक एक्सचेन्ज र २ वटा कमोडिटिज एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19