काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्सले हालै ‘सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स’ मोबाइल नेपाली बजारमा भित्र्याएको छ । 

नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई ‘जे सेभेन म्याक्स’का रुपमा प्रस्तुत गरिएको हो । 

यसमा नवीनतम विशेषताहरु जस्तै : फिङ्गर प्रिन्ट सेन्सर र फेस रिकग्निसन, उच्च कार्यक्षमताका लागि ४ जिबी र्याम तथा ३२ जिबी मेमोरि तथा अन्य उत्कृष्ट विशेषता छन् । 

आइएमबिज, सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले भने, “मध्यमस्तरको स्मार्टफोन बजारमा सामसुङ जे सिरिजले अग्रता लिंदै आएको छ र सामसुङ कम्पनीले आम उपभोक्तहरुको मागलाई राम्ररी बुझ्दछ । यहीकारण हामीले सहज जीवनका लागि सार्थक आविष्कारहरु गर्दै आएका छौं र मध्यमस्तरका मोबाइलहरुको माग दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै हामीले ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल बजारमा ल्याएकाहौं ।’ 

‘जे सेभेन म्याक्स’ मा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र फ्ल्यास रहेको छ, जसमा एफ १.९ को लेन्स लगाइएको छ ।  ब्याक क्यामरामा एफ १.७ लेन्सको साथै फ्ल्यास पनि छ । यस्तो विशेष सुविधा यस अघि सामसुङका अग्रणी मोबाइलहरु९ाबिनकजष्उ उजयलभक०मा मात्र उपलब्ध थियो । यसमा प्रयोग भएको लेन्सले कम उज्यालो भएको अवस्थमा पनि उत्कृष्ट फोटो तथा सेल्फी खिच्न सक्ने कम्पनीले जनाएको छ । 

उत्कृष्ट कार्यक्षमता
‘जे सेभेन म्याक्स’मा भएको १.६ गिगाहर्ज अक्टा कोर प्रोसेसर, ४ जीबीको र्याले निर्वाध रुपमा मल्टी टास्किङको सुविधा प्रदान गर्दछ । यसमा भएको ब्याट्रिले बिनारुकावट निरन्तर कार्य गर्दछ । ज्यादा टिकाउ हुने ब्याट्रिले समग्र मोबाइलको कार्य क्षमतालाई चुस्तता एवम् भरपर्दो अनुभव प्रदान गर्दछ । यसमा भएको मेटल युनिबडीले स्मार्टफोनलाई अझ स्टाइलिस बनाएको बताइएको छ ।

ठूलो स्क्रिन र सुधारिएको सुरक्षा
‘जे सेभेन म्याक्स’मा एफएचडी स्क्रिन रहेको छ, जसले गेमहरु खेल्दा र मुभीहरु हेर्दा सहजता प्रदान गर्दछ । यसमा भएको टचमा आधारित फिङ्गर प्रिन्ट सेन्सर, वेभसाइटमा एकाउन्ट भेरिफाई सुविधा, तथा फेस रिकग्निसन जस्ता प्रमाणिकरण सुरक्षा रहेका छन् । 

युटिलिटि एवम् सर्भिसेज 
यसमा भएको एडप्टिभ वाइफाई पनि मुख्य विशेषता रहेको छ । जुन वाइफाइ रेन्जभित्र रहँदाको अवस्थामा स्वतः एक्टिभ हुन्छ भने वाइफाई रेञ्जबाहिर रहदाँ आफै निस्क्रिय हुन्छ । यो विशेषताका कारण मोबाइल डाटा बचत हुन जान्छ ।

यसमा भएको अद्वितीय अर्को विशेषता हो :स्मार्ट ग्लो, जसले कलरफुल नोटिफिकेशन दिन्छ, ग्राहकले आफ्नो छनौट अनुसार स्मार्ट ग्लोलाई छनौट पनि गर्नसक्छन् । स्माइल असिस्ट, स्नूपिंग अलर्ट, मिरर सेल्फी लगायतका सुविधा समेत यो मोडलमा छ । 

‘जे सेभेन म्याक्स’ मोवाइलमा भएको डूूअल म्यासेञ्जरले म्यासेजिङको लागि थप सहजता प्रदान गर्दछ । यो सुविधाले गर्दा मोबाइलमा दुई कपी एप्स इन्स्टल गर्न सकिन्छ र  दुई भिन्न भिन्न एकाउन्टबाट लगइन गरी च्याट गर्न पनि सकिन्छ । 

मोवाइलको अर्को सुविधा, इन्स्टा स्विचिङ पनि हो, यो नयाँ सुविधाले एप्स र होम स्क्रिनमा भर्टिकल स्वीप गरी सहजै स्वीच गर्न मद्धत गर्छ । 

हालको अफर अन्तर्गत ‘जे सेभेन म्याक्स’ सेट २८ हजार २ स्य ९० रुपैयाँमा उपलब्ध छ । कालो र सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ‘जे सेभेन म्याक्स’ मोवाइल नेपालमा अगस्ट १ देखि नै रिटेल स्टोरमार्फत उपलब्ध हुँदै आएको छ । 

नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, ‘जे सेभेन म्याक्स’ले नेपाल टेलिकमसँग सहकार्य गरी ‘जे सेभेन म्याक्स’का ग्राहकहरुलाई ७ महिनासम्म प्रति महिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गर्ने अफर समेत ल्याएको छ । 

अन्य विशेषता यस्ता छन् :