काठमाण्डौ । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको बहुप्रतिक्षित रियलमी ११प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ।
रियलमी ११प्रो ५जी र रियलमी ११प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो। रियलमी ११प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो। जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ। नयाँँ रियलमी ११प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ। प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११प्रो ५जी र रियलमी ११प्रो प्लस ५जीको डिजाइन गरिएको हो।
लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘हामी सदैव नयाँँ मोडल ल्याउनुभन्दा अगाडि यो कुरा सुनिश्चित गर्दछौँ कि अगाडिको मोडलभन्दा अहिलेको मोडल केही न केही कुरामा लिप फर्वार्ड होस् अर्थात या त डिजाइन, या त क्यामरा, या त प्रोसेसरमा अपग्रेड होस्। हाम्रो ब्रान्डको ‘डेयर टु लिप’ भन्ने मान्यतामा आधारित रहेर हामी यो कोसिस गर्दछौँ कि हाम्रा नयाँँ सेटहरुले बजारमा स्मार्टफोनको गुणस्तरको मान्यतालाई अझ बढाओस्। यसै सन्दर्भमा हामीले रियलमी ११प्रो प्लस ५ जी र रियलमी ११प्रो ५जी नेपाली बजारमा सार्वजनिक गरेका छौँ। नयाँँ रियलमी ११प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिश स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ। साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँँ अपग्रेडसहित रियलमी फोनहरु बजारमा ल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपाली उपभोक्ताहरु प्रति हार्दिक आभार पनि प्रकट गर्दछौँ।’
रियलमी प्रो प्लस फाइभ जीः विश्वकै पहिलो २०० एमपीको सुपर जुम र ४ गुना लसलेस जुम क्यामरा
रियलमी ११प्रो प्लस ५जीमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको २०० एमपीको ओआइएस सुपरजुम क्यामरा, जुन यो भन्दा अगाडिको कुनै पनि मिड रेन्ज फोनमा थिएन। त्यसैले क्यामराको मामलामा त यस सेग्मेन्टमा यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ। यसको क्यामरामा सामसँगको आइसोसेल एचपि ३ सुपरजुम सेन्सर रहेको छ जसको सेन्सर साइज १/१.४ इन्चको रहेको छ भने f १.६९ को एपर्चर साइज रहेको छ। २०० एमपीको डाइरेक्ट आउटपुट सपोर्ट गर्ने यो क्यामराको हरेक पिक्सेलले फाइनल पिक्चरको गुणस्तरमा भूमिका खेल्दछ। त्यस्तै ४ गुणासम्म लसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्न्लोजीले गर्दा रियलमी ११प्रो प्लस फाइभ जीबाट फोटो खिच्दा टाढाबाट पनि अल्ट्रा हाइ रेजोलुसनको तस्बिर लिन सकिने कम्पनीले जनाएको छ। त्यस्तै यसको नयाँँ अटो जुम फिचरले एक ट्यापमै सेलेक्ट गरिएको एरियालाई स्वतः पहिचान गरेर इन्टेलिजेन्ट तरिकाले आफैँ एङ्गल मिलाएर जुम गर्छ।
समग्रमा भन्नुपर्दा रियलमी ११प्रो फाइभ जीको क्यामराले एकदमै हाइ क्वालिटीको तस्बिरहरु खिच्न सक्छ, जुन यो मुल्यका अरु स्मार्टफोनहरुको क्यामराले सक्दैन।
क्यामरा सेटिङमा सुपर आईओएस, सुपरनाइट इस्केप, मुन मोड र स्टारी मोडको साथ यो रियलमी ११को क्यामराले पक्कै पनि फ्ल्यागशिप लेभलको लिप गरेको छ। सेल्फीमा ३२ एमपीको सोनी सेल्फी क्यामरा दिइएको छ भने सुपर ग्रुप पोट्र्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचरहरुले यस सेटलाई एक दमदार सेटको रुपमा उभ्याएका छन्।
गुची प्रिन्ट प्रेरित लक्जरी ब्याक केस डिजाइन
रियलमी ११ सिरिजमा स्मार्टफोन इमेजिङमात्र नभएर एस्थेटिक्समा पनि व्यापक अपग्रेड गरिएको छ। सनराइज बिज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याकजस्ता अत्यन्तै मनमोहक र सुन्दर रङहरुमा उपलब्ध यी दुई सेटहरुको डिजाइन गुचीका प्रिन्ट र टेक्स्टाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा गरिएको हो। जसले गर्दा समस्त विश्वभरका युवा जमातहरुले लक्जरी ब्रान्डको हाइ एन्ड डिजाइनमा सहज पहुँच पाएका छन्।
रियलमी ११प्रो प्लस फाइभ जी क्यामरा र डिजाइनमा मात्र नभएर सबै कुरामा एक शक्तिशाली अल–राउन्डर हो। ५००० एमएएचको शक्तिशाली ब्याट्रि र १०० वाटको सुपर भोक चार्जिङ सपोर्ट भएकोले गर्दा ब्याट्रि र ब्याकअपमा पनि रियलमी ११प्रो प्लस फाइभ जी उत्कृष्ट रोजाई हो। यसका साथै २०,००० लेभलको अटोम्याटिक ब्राइट्नेस एड्जस्टमेन्ट भएको १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले र इन्डस्ट्रिकै सबैभन्दा उच्च २१६० हर्जको डिमिङ फ्रिक्वेन्सीका साथ आएको यो रियलमी ११प्रो प्लस फाइभ जी वास्तवमै एक स्मार्ट युवाको लागि स्मार्ट छनोट हो।
रियल मी ११प्रो फाइभजी २१६० हर्ज पीएमडब्ल्यू डिमिङसहितको कर्भ्ड भिजन डिस्प्ले
रियलमी ११प्रो फाइभ जी पनि रियलमी ११प्रो प्लस फाइभ जीकै जस्तै प्रिमियम डिस्प्लेमा उपलब्ध छ। यसमा भएको अर्को बलियो पक्ष भनेको २१६० हर्जको पिएमडब्ल्यु डिमिङसहितको १२० हर्जको कर्भ्ड डिस्प्ले पनि हो। यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको मिड रेन्ज फोनहरुको कर्भ्ड डिस्प्लेमा यत्ति धेरै डिमिङ पावर हुँदैन थियो। त्यस्तै यसमा सनलाइट स्क्रिन र २०००० लेभलको अटोम्याटिक ब्राइटनेस एड्जस्टमेन्ट पनि रहेको छ।प्रयोगकर्ताको आँखाको सुरक्षा र सुविधालाई मध्यनजर गरेर यसको डिजाइन गरिएकोले रियलमी ११प्रो सिरिजले टियूभि रेनल्यान्डको दुईवटा प्रतिष्ठित आइ प्रोटेक्सन सर्टिफिकेट पनि पाएको छ।
ग्राउन्ड ब्रेकिङ स्क्रिन टेक्नोलोजी त छँदैछ। यसमा पनि रियलमी ११प्रो प्लस फाइभ जीकै जस्तै एस्थेटिक डिजाइन छ। यसको मेन प्याटर्नलाई नै सनराइज बिज, ओसिस ग्रिन, अस्ट्रल ब्ल्याक जस्ता सुन्दर रङहरु दिइएको छ जसले गर्दा हेर्दै खेरी अलिक लक्जरियस फोन जस्तो देखिन्छ। क्यामराको कुरा गर्नुपर्दा रियलमी ११प्रो ५जीमा १०० एमपीको प्रोलाइट क्यामरा रहेको छ जसले १०० एमपीकै डाइरेक्ट आउट्पुट सपोर्ट गर्छ। त्यस्तै यसको सेन्सरले २ गुणा लसलेस जुम पनि सपोर्ट गर्छ। अटो जुम मोड, सुपर नाइट एस्केप मोड, स्ट्रिट फोटोग्राफि मोड ४.० जस्ता आकर्षक फिचरहरु यसको क्यामरामा रहेको छन्।
कम पावरमा पनि हाइ पर्फर्मेन्स गर्ने भएकोले एवम पर्याप्त स्टोरेज भएकोले रियलमी ११प्रो वास्तवमै एउटा असली फ्ल्यागशिप स्मार्टफोन हो। डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट राखिएको यो फोनको र्याम १२ जीबीको छ भने रोम २५६ जीबीको रहेको छ। रियलमी यूआई ४.० मा चल्ने यस सेटको ब्याट्री पनि ५००० एमएएचको छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ।
रियलमी ११प्रो+ ५जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ६१ हजार ९९९ रहेको छ। रियलमी ११प्रो+ ५जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ– सनराइज बेज र ओएसिस ग्रीन।
त्यस्तै रियलमी ११प्रो ५जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७ हजार ९९९ रहेको छ। रियलमी ११प्रो ५जी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ– सनराइज बेज र एस्ट्रल ब्ल्याक।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago