काठमाण्डौ । लामो रस्साकस्सीपछि सञ्चालनमा आएका नयाँ ब्रोकरहरुलाई ग्राहक बनाउन भने चुनौती नै देखिएको छ।

लगानीकर्ताको भीडभाडजस्तो देखिने बजारका हस्तीहरुकै ब्रोकरहरुको पनि १ हजार डीपी ग्राहक पुग्न सकेका छैनन्। त्यसो त यी नयाँ ब्रोकर सञ्चालनमा आएको पनि २–४ महिनामात्रै भएको छ। 

सीडीएससीको डेटाअनुसार हालसम्म सबैभन्दा धेरै क्यापिटल म्याक्समा ५८१ ग्राहक बनेका छन्। दोस्रो नम्बरमा भोले गणेश सेक्युरिटिजमा ४०३ ग्राहक बनेका छन्। 

प्रायःजसो धेरै लगानीकर्ताले पहिले नै खाता खोलेका हुन्छन्। नेपाल धितोपत्र बोर्डको हालको नियमले २ ठाउँभन्दा बढीमा डीपी खाता खोल्न नमिल्ने प्रावधानले पनि नयाँ ब्रोकरलाई डीपीसहितको ग्राहक बनाउन चुनौती रहेको देखिन्छ।  

लगानीकर्ताले ब्रोकरमा भन्दा बैंक तथा मर्चेन्ट बैंकमा डीपी खाता खोलेका हुन्छन्। 

कुन नयाँ ब्रोकरमा कति डीपी खाता ?