काठमाण्डौ । छिमेकी मुलुकमा लगातार नयाँ संक्रमित थपिने संख्यामा गिरावट आइरहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा ६० हजार ४७१ नयाँ संक्रमित थपिएका छन्। यो एक दिनको आँकडा पछिल्लो ७५ दिनयताकै कम हो। गत मार्च ३१ पछि यो सबैभन्दा संख्या हो। 

योसँगै भारतमा कुल संक्रमितको संख्या २ कोड ९५ लाख बढी पुगेको छ।

पछिल्लो २४ घन्टामा भारतमा १ लाख १७ हजार ५२५ जना निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २ करोड ८२ लाख ८० हजार ४७२ पुगेको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १३ हजार ३७८ रहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा थप २ हजार ७२६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ लाख ७७ हजार ३१ पुगेको छ। – एजेन्सी