काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी जनार्दन शर्माले पाउने भएका छन्। 

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा पुसाललाई देउवा नेतृत्वको सरकारमा मन्त्री बनाउन सिफारिस गरेको हो। सोहीअनुसार शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्। भुसालले भने ऊर्जामन्त्रीको जिम्मेवारी पाउने माओवादी केन्द्र स्रोत बताउँछन्।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा सभापति देउवालाई नियुक्त गरेकी थिइन्। देउवाले आज सानो आकारको मन्त्रिमण्डल बनाउनेछन्। यही मन्त्रिमण्डल माओवादी केन्द्रका तर्फबाट शर्मा र भुसाल सहभागी हुन लागेका हुन्। 

प्रधानमन्त्री देउवासँगै शर्मा र भुसालले पनि आजै राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिनेछन्।