काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ।
‘टिचर्स डे’का अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो। यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’का दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ।
यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन्। यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रस्ट परिचय खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ।
नर्भिकले यसअघि नै बुवाको मुख हेर्ने दिन र तीजका अवसर पारेर विशेष अफर सार्वजनिक गरी कार्यान्वयनमा ल्याइसकेको छ। यी दुई पर्वका अवसरमा सार्वजनिक अफर अहिले पनि चलिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago