काठमाण्डौ। स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेसनल हस्पिटलले अक्टोबर महिनाभरि भारी छुट दिने भएको छ।
ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) अवेयरनेस महिनाका रुपमा अक्टोबरलाई मनाउने गरिन्छ। यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो।
अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ। अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, ‘हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौँ।’
नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ।
नर्भिकले प्रत्येक शनिबार सञ्चालन गर्ने निःशुल्क ओपीडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago