काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत भोलि (शनिबार) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिस्टको निःशुल्क सेवा सञ्चालन हुने भएको छ।
नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिस्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन्।
डा. कुशवाहाले बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन्।
मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारीरिक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपीडीबाट लाभान्वित हुन सक्नेछन्।
नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलिटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।
निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१–५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19