काठमाण्डां। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्।
नर्भिक अस्पतालको युरोलोजी टिमले विशेष ओपीडी निःशुल्क सञ्चालन गर्न लागेको छ।
शनिबार (भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा युरोसर्जरी विशेषज्ञ डा. सञ्जिवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन्। उनीहरु नेतृत्वको युरोलोजी टिम नै निःशुल्क ओपीडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ।
मिर्गौला, मूत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरीसम्बन्धी समस्या भएकाहरुले युरोलोजी टिमको निःशुल्क ओपीडीबाट लाभ लिनसक्नेछन्। निःशुल्क ओपीडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ।
यस्तै नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिबार नै निःशुल्क ओपीडी सञ्चालन गर्नेछन्। पेट तथा आन्द्रा वा पाचनप्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपीडीबाट लाभ लिनसक्नेछन्।
डा. कुवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन्।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई संचालन गर्दै आएको छ। निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19