काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले पुस महिनाभरि मिर्गौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।
यही योजनाअनुसार शनिबार (भोलि) नर्भिककोे युरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ।
निःशुल्क ओपीडी सेवामा युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन्।
शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म २ घण्टा निःशुल्क ओपीडी सञ्चालन हुनेछ।
मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन्।
नर्भिकले अस्पतालमा उपलब्ध मृगौलाको पत्थरीका विभिन्न शल्यक्रिया विधिहरुमा पुस महिनाभरि विशेष छुटको समेत घोषणा गरेको छ।
नर्भिक अस्पतालमा सानो प्वाल बनाई मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि मिनी पीसीएनएल तथा अल्ट्रा मिनी पीसीएनएल उपलब्ध छ।
यस्तै घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मिर्गौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि समेत उपलब्ध छ।
निःशुल्क ओपीडीमा सहभागी हुने बिरामीहरुले माथि उल्लिखित विभिन्न विधिहरुबाट शल्यक्रिया गर्दा विशेष छुट पाउने अस्पतालले जनाएको छ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ। निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago