काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा नवनियुक्त अर्थमन्त्री पौडेलसहित शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन्।
तीनैजना प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago