काठमाण्डौ । नवलपरासीका थप एकजनामा बिहीबार मध्याह्न कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयद्वारा भर्खरै जारी सूचनाअनुसार चितवनको भरतपुर अस्पतालस्थित कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। ती संक्रमित नवलपरासीको देवचुली नगरपालिका–१२ निवासी हुन्।

उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।