काठमाण्डौ । नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई निकै आकर्षक लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

कोष संचालक समितिको फागुन २८ गते बसेको बैठकले २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयरको साथमा कर प्रयोजनका लागि आवश्यक १.१६ प्रतिशत अर्थात १ करोड २७ लाख ६४ हजार ७७ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

हाल यो कम्पनीको सेयरपूँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पूँजी बढेर १ अर्ब ३४ करोड ५० लाखको हाराहारीमा पुग्नेछ ।