काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।
कोषले आउँदो असार २० गते काठमाण्डौको नयाँबानेश्वरस्थित आफ्नो नयाँ भवनमा सभा डाकेको हो। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश र हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव मुख्य अजेन्डाका प्रस्तुत गरी अनुमोदन हुनेछन्।
सभामा गत आर्थिक वर्षका लागि कोषले प्रस्ताव गरेको २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश (लाभांश करसहित) पारित हुनेछ।
सभामा चुक्तापुँजीको ८२.८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ।
साधारणसभा र लाभांश प्रयोजनका लागि कोषले असार १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब असार ९ गतेसम्म कामय सेयरधनीहरुमात्र सभामा भाग लिन लाभांश प्राप्तिका लागि योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago