काठमाण्डौ । नागरिक लगानीकोषले आफ्ना सेयरधनीलाई आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस वितरणको  घोषणा गरेको छ । 

कोषको मंसिर ८ गते बसेको संचालक समितिको २२४४ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस

सेयर र कर प्रयोजनका लागि १.१५७८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

यो प्रस्ताव पारित भए नागरिक लगानीकोषले १६ करोड २८ लाख ५८ हजार २ सय ७२ रुपैयाँ बराबरको बोनस सेयर र ८५ लाख ७१ हजार ४ सय ८८ रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्नेछ ।