काठमाण्डौ । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये ३९ वटा कम्पनीको मात्रै सेयर कारोबार गर्न पाउने भएको छ। 

नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन्। तीमध्ये नागरिक स्टक डिलरले नेप्सेमा सूचीकृत २६ वटै वाणिज्य बैंक, ७ विकास बैंक र ४ लघुवित्त कम्पनी तथा होटेल तथा पर्यटन समूह र अन्य समूहको १÷१ वटा कम्पनीको सेयरमात्रै कारोबार गर्न पाउने भएको हो। 

गत माघ ९ गते नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलरलाई फागुन १ गतेदेखि लागू हुने गरी सञ्चालन अनुमति दिएको थियो।  सञ्चालनमा आएको १ महिनापछि नागरिक स्टक डिलर यी कम्पनीको सेयर कारोबार गर्ने अनुमति पाएको हो। स्टक डिलरले नियामक निकायको अनुमति लिएर दोस्रो बजारमा धितोपत्र खरिदबिक्री गर्नेछ।

नागरिक स्टक डिलरले ब्रोकरको मध्यस्थता बिनै नियामक निकायबाट आफ्नै विन्डो लिएर सीधै सेयर कारोबार गर्न सक्छ। 

नागरिक स्टक डिलरले कारोबार गर्न पाउने कम्पनीहरु यस्ता छन्–

वाणिज्य बैंकहरुमा

नबिल, ग्लोबल आईएमई, कृषि विकास बैंक, कुमारी, मेगा, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सिटिजन्स, सिद्धार्थ, एभरेस्ट, माछापुच्छ्रे, सानिमा, नेपाल बैंक, सनराइज, प्रभु, नेपाल बंगलादेश बैंक, लक्ष्मी, बैंक अफ काठमाण्डू, प्राइम कमर्सियल, एनआईसी एसिया, सिभिल, हिमालयन, एनसीसी, एनएमबी, सनराइज र सेन्चुरी बैंक

विकास बैंकहरुमा

एक्सेल, गरिमा, ज्योति, कामना, मितेरी, मुक्तिनाथ र शाइन रेसुंगा 

लघुवित्त

साना किसान, छिमेक, आरएसडीसी र आरएमडीसी लघुवित्त

होटेल तथा पर्यटनमा

तारागाउँ रिजेन्सी होटेल
अन्य समूहमा
नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)