काठमाण्डौ । नागरिक लगानीकोषले आफ्ना लगानीकर्तालाई २२.०६ % बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । 

कोषको सोमबार बसेको संचालक समितिको २२९२ औं बैठकले आर्थिक वर्ष ०७३/७४ को लेखापरीक्षण कार्य सम्पन्न भई कोषका सेयरधनीहरुलाई २२.०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो हिसाबले कम्पनीले १९ करोड ९२ लाख २८ हजार ९ सय ६६ रुपैयाँ बराबरको बोनस सेयर तथा १ करोड ४ लाख ८५ हजार ७ सय ३५ रुपैयाँ बराबरको नगद लाभांश दिनेछ ।

कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।