काठमाण्डौ । नाडेप लघुवित्त बित्तीय संस्थाको आइपीओको बाँडफाँड बुधबार बिहान हुने भएको छ । 

बिक्री प्रबन्धक नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले नियामक धितोपत्र बोर्डसँग सल्लाह गरी बाँडफाँडको मिति टुग्ङ्याएको हो । 

नाडेप लघुवित्तले असार १० देखि १३ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ४ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार, कर्मचारीका लागि २४ हजार र म्युचुअल फण्डहरुका लागि समेत २४ हजार कित्ता सुरक्षित गरिएको थियो । 

यो कम्पनीको आइपीओमा २ लाख १९ हजार भन्दा बढीले आवेदन दिएका छन्, यो भनेको मागभन्दा २३ गुणाले बढी हो । सार्वजनिक निश्कासन निर्देशिकाले १० कित्ता अनिवार्य गरेकोले यही दरले हिसाब गर्दा ४३ हजार २०० आवेदकले आइपीओ पाउनेछन् भने बाँकी १ लाख ७५ हजार आवेदकको हात रित्तो हुनेछ ।