काठमाण्डौ । गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको नाडेप लघुवित्तले आइतबार(आज)देखि सतप्रतिशत हकप्रद सेयर निश्कासन गरेको छ । 

यो लघुवित्त कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । 

आज(मंसिर २३ गते)देखि खुलेको हकप्रदमा पुस २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

यो कम्पनीको मंसिर ६ गतेसम्म कायम सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले गर्नेछ । 

इच्छुक सेयरधनीले मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाका शाखाबाट समेत इच्छुकले आवेदन दिन सक्नेछन् । 

यो कम्पनीको ३० प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर रु. ३६ करोड ८० लाखको उचाईमा पुग्नेछ । 

दोश्रो बजारमा यो कम्पनीको सेयरको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता रु. ६८५ रहेको छ ।