काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
 

सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक प्रतिवेदन, आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति तथा परिश्रमिक निर्धारण गर्ने प्रस्तव पारित गरेको छ ।

साथै सभाले सर्वसाधारण सेयरधनीकातर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा विवेक कडेल र सुष्मा वाग्लेलाई निर्वाचित गरेको छ ।

सभामा कम्पनीका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको अपेक्षा रहेको बताउँदै ग्राहक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पुरा गर्न कटिवद्ध रहेको बताए ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले स्वगत मन्तव्य राखेका थिए  ।