काठमाण्डौ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा प्रयोग गर्न मिल्ने ट्वाइलेटको उत्कृष्ट डिजाइन गर्नेलाई पुुरस्कारस्वरुप ३५ हजार अमेरिकी डलर (अर्थात् ४१ लाख ७९ हजार रुपैयाँ बढी) प्रदान गर्ने घोषणा गरेको छ।
नासाले सन् २०२४ भित्र चन्द्रमामा पुुनः एकपटक मानवसहित यान प्रक्षेपण गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ। यो मिसनका क्रममा अन्तरिक्षयात्रीलाई शौचालयको प्रयोग गर्नुुपर्ने आवश्यकता पर्न सक्ने भएकाले नासाले यस्तो घोषणा गरेको हो।
नासाले ट्वाइलेटको डिजाइनलाई आफ्नो आर्टिमिस लुुनार ल्यान्डरमा जडान गर्ने भएकोले यसले अन्तरिक्षको माइक्रोग्रयाभिटी (जिरो–जी) र चन्द्रमा दुुवैमा काम गर्ने हुुनुुपर्ने जनाएको छ। नासा र हिरो एक्सले डिजाइनसम्बन्धी जारी गरेको निर्देशिकामा चन्द्रमामा गुुरुत्वाकर्षण पृथ्वीको तुुलनामा ६ गुुणा कम हुुने हुँुदा ट्वाइलेटको डिजाइन पनि त्यहीअनुुरुप हुुनुुपर्ने मापदण्ड राखेको छ।
यो मिसनमा चन्द्रमामा पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई पनि पठाउन लागिएकाले ट्वाइलेट महिला र पुुरुष दुुवैजनाले प्रयोग गर्न मिल्ने खालको हुुनुुपर्नेछ। यसका साथै ट्वाइलेटको डिजाइनले पानीको संरक्षण गर्ने र यानभित्र दुर्गन्ध र फोहोररहित वातावरण सुुनिश्चत गर्ने खालको हुुनुुपर्नेछ।
अन्तरिक्षयात्रीले बान्ता गर्दा आफ्नो टाउको ट्वाइलेटभित्र लैजान नपर्ने डिजाइनलाई बोनस अंक प्रदान गरिने निर्देशिकामा उल्लेख छ। यसका साथै यसले दुुईजना अन्तरिक्ष यात्रीको फोहोरलाई १४ दिनसम्म धान्ने खालको हुुनुुपर्ने र संकलित फोहोरलाई स्टोर तथा व्यवस्थापन गर्नलाई स्थानान्तरण गर्ने खालको हुुनुुपर्ने मापदण्ड राखिएको छ।
ट्वाइलेट सफा गर्न सजिलो हुुनुुपर्नेछ र एकपटक प्रयोग गरेको ५ मिनेटभित्र फेरि प्रयोग गर्न मिल्ने हुुनुुपर्नेछ। यसले ७० वाट पावरमात्रै उपयोग गर्नुुपर्नेछ र औसत बाथरुम फ्यानभन्दा कम आवाज निकाल्ने खालको हुुनुुपर्नेछ।
ट्वाइलेटको वजन ३३ पाउन्डभन्दा कम हुुनुुपर्ने र आयतनमा १२ क्युुविक मिटरको हुुनुुपर्नेछ।
प्रथम हुुने डिजाइनलाई २० हजार अमेरिकी डलर प्रदान गरिनेछ। त्यस्तै दोस्रो हुुनेलाई १० हजार र तेस्रो हुुनेलाई ५ हजार डलर प्रदान गरिनेछ।
अगस्ट १७ सम्म डिजाइन बुुझाउनुपर्नेछ। अक्टोबरमा विजेता घोषणा गरिने नासाले जनाएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19