काठमाण्डौ । विश्व हाल कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको कहर झेलिरहेको छ। गत वर्ष डेल्टा भेरिएन्टले मानिसको स्वास्थ्य जोखिममा परेको थियो। यो भेरिएन्टले अहिले पनि मानिसहरु संक्रमित भइरहेका छन्।
विश्वभर अहिले डेल्टा र ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ। यहीबीच वैज्ञानिकहरुले साइप्रसमा अर्को तेस्रो भेरिएन्ट पत्ता लगाएका छन्। जुन डेल्टा र ओमिक्रोनको लक्षणसँग मिल्दोजुल्दो छ।
वैज्ञानिकहरुले पत्ता लगाएका तेस्रो भेरिएन्टलाई ‘डेल्टाक्रोन’ नाम दिएका छन्। यो भेरिएन्टा डेल्टा र ओमिक्रोनको संयोजनबाट आएको उनीहरुको दाबी छ।
बायोटेक्नोलोजी र मोलिक्युलर बायरोलोजीको प्रयोगशाला प्रमुख युनिभर्सिटी अफ साइप्रसका प्रोफेसर लियोनडिओस कोस्त्रिकिसले आफ्नो प्रतिवेदनमा डेल्टाक्रोनबाट संक्रमित हुने संख्या हाल विश्वभर २५ मात्र रहेको उल्लेख छ। यी व्यक्तिहरुमा डेल्टा र ओमिक्रोनको दोहोरो संक्रमण देखिएको प्रतिवेदनमा जनाइएको छ।
कोस्त्रिकिसले स्थानीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै हाल डेल्टा र ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्दै गए पनि यी दुवै भेरिएन्टको संयोजनबाट उत्पन्न डेल्टाक्रोनबाट संक्रमित भएकाहरु देखिन थालेको बताए। ‘तर डेल्टा र ओमिक्रोनभन्दा डेल्टाक्रोन अधिक संक्रामक छ वा छैन भन्ने यकिन भइसकेको छैन, यसमा थप अध्ययन गर्न आवश्यक छ’, उनले भने, ‘यद्यपि डेल्टाक्रोनमा डेल्टा र ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।’
विश्व स्वास्थ्य संगठन र अन्य कुनै अन्तर्राष्ट्रिय निकायले भने हालसम्म यो नयाँ भेरिएन्टका विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago