काठमाण्डौ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर राणाले सिभिल बैंकलाई प्राप्ति गरेपछि निक्षेपको हिसाबले वाणिज्य बैंकहरुमा हिमालयन बैंक सातौँ स्थानमा रहेको बताएका छन्। 

सिभिललाई प्राप्ति आजबाट एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा सीईओ राणाले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार कर्जा लगानीको हिसाबले भने बैंक छैटौँ स्थानमा रहेको छ। 

सीईओ राणाले एसेस्ट साइजले ७ औँ स्थानमा रहेको हिमालयन बैंक ग्रस इन्ट्रेस्ट इन्कम र नेट इन्ट्रेस्ट इन्कम गर्नेमा भने चौथो स्थानमा रहेको जानकारी दिए। 

सिभिललाई प्राप्तिपछि देशभर बैंकको शाखा सञ्जाल १८९ पुगेको सीईओ राणाले जानकारी दिए। ‘बैंकमा खाता १६ लाखभन्दा बढी पुगेको छ’, उनले भने, ‘एक्टिभ कार्ड २ लाख ३२ हजार छन्।’

बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता पनि २ लाख बढी रहेको राणाले जानकारी दिए।

सिभिल बैंकलाई प्राप्ति गरेपछि कोर बैंकिङ सिस्टम एउटै हुँदा सहज भएको राणाले बताए। ‘कुनै समस्या नआएकोले चाँडो कारोबार खुल्नेछ’, उनले भने।