काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को धितोपत्र कारोबार आगामी आइतबारदेखि हुने भएको छ।
आज नेप्सेस्थित निफ्रा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच सम्झौता हुने सूचीकरण सम्बन्धी सम्झौता हुँदैछ ।
आज नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को नेप्सेमा सेयर सूचीकरण भएपछि आगामी आइतबारबाट भने दोस्रो बजारमा सेयर कारोबार हुनेछ।
नेप्सेले निफ्रालाई पनि अन्य (अदर्स) उपसमूहमा समावेश गर्ने बताइएको छ। निफ्राको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि ३४०.८६ रेन्ज तोक्ने जनाएको छ ।
नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य रजिष्टारसम्बन्धी कार्य गर्न ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ ।
निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19