काठमाण्डौ । लगातार पाँचौँ दिन पनि सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को बजार पुँजीकरण १ खर्ब नाघेको छ। योसँगै नेप्सेमा सूचीकृत कम्पनीमध्ये बजार पुँजीकरण १ खर्ब रुपैयाँ माथि हुने कम्पनीको संख्या ८ पुगेको छ। 

गत आइतबार धितोपत्र दोस्रो बजारमा निफ्राको कारोबार सुरु भएको थियो। पहिलो दिनदेखि आजसम्म यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भइरहेको छ। आज पनि पोजेटिभ सर्किट लागेर यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५४६ पुगेको छ। आइतबार ३४० रुपैयाँमा कारोबार खुलेको थियो। 

कुल २० अर्ब रुपैयाँ चुक्तापुँजी भएको बैंकको बजार पुँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो। केही समयअघि मात्रै बैंकले ८ अर्ब रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। 

यसअघि १ खर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण हुनेमा नबिल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल पुनर्बीमा कम्पनी छन्।