काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निफ्रालाई ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र निष्कासन अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। 

यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। 

निफ्राको यो ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।