काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन्।
निफ्रा र नेपाल बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन्। निफ्राले ५ अर्ब रुपैयाँ र नेपाल बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति मागेका छन्।
सेबोनले अनुमति दिएमा निफ्राले १ हजार अंकित दरका कुल ५० लाख इकाइ भएको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नाम ऋणपत्र बिक्री गर्नेछ। कुल इकाइमध्ये निफ्राले व्यक्तिगत तबरबाट ३० लाख इकाइ बिक्री गर्नेछ भने सर्वसाधारणका लागि २० लाख इकाइ निष्कासन गर्नेछ।
यो सातवर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताहरुले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछने।
निफ्राको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
यसैगरी सेबोनले अनुमति दिएमा नेपाल बैंकले १ हजार अंकित दरका कुल २५ लाख इकाइ भएको ‘नेपाल बैंक डिबेन्चर–२०८४’ नाम ऋणपत्र बिक्री गर्नेछ। कुल इकाइमध्ये बैंकले व्यक्तिगत तबरबाट १५ लाख इकाइ बिक्री गर्नेछ भने सर्वसाधारणका लागि १० लाख इकाइ निष्कासन गर्नेछ।
यो पाँचवर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन्।
बैंकको यो ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago