काठमाण्डौ । श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) कारबाहीमा परेको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन ११ गतेको निर्णयबमोजिम श्रीकृष्ण सेक्युरिटिजलाई कारबाही गरिएको हो। नियमविपरीत सेयर हस्तान्तरण गराएको पाइएपछि श्रीकृष्ण सेक्युरिटिजमाथि सेबोनले कारबाही गरेको हो। 

श्रीकृष्ण सेक्युरिटिजले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४को नियम २६ को उपनियम (३)मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३को नियम ३८को उपनियम (१क)मा भएको व्यवस्थाविपरीत सेयर हस्तान्तरण गराएको देखिएको सेबोनले जनाएको छ। 

नियमविपरी कार्य गरेपछि सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३को दफा १०१को उपदफा (६)बमोजिम श्रीकृष्ण सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।