काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक तथा टास्क फोर्सका संयोजक निरज गिरीले सेयर बजार दैनिक खसिरहेकोमा आफूहरु चनाखो रहेको बताएका छन्।
बिजशालासँगको कुराकानीमा कार्यकारी निर्देशक गिरीले सेयर बजार मुख्य गरी तरलतामा भर पर्ने बताए। ‘तथापि नेपालको सेयर बजार बैंक तथा वित्तीय क्षेत्रको वर्चश्व रहेको हुँदा राष्ट्र बैंकको भूमिका पनि बढी हुन्छ’, उनले भने, ‘त्यसैले पनि सेबोन सञ्चालक समितिमा राष्ट्र बैंकका प्रतिनिधि राखिएको हुन्छ।’
हाल सेबोन सञ्चालक समितिमा राष्ट्र बैंकबाट मुकुन्दकुमार क्षेत्री प्रतिनिधित्व गरिरहेका छन्।
सेबोन र राष्ट्र बैंकबीच पुँजीबजारको पछिल्लो अवस्थाका विषयमा निरन्तर छलफल र समन्वय भइरहेको गिरीले जानकारी दिए। ‘भर्खर बजेट आएको छ, अब मौद्रिक नीति पनि आउँदैछ’, गिरीले भने, ‘सेबोन अध्यक्ष र राष्ट्र बैंकका गभर्नरबीच छलफल भइरहेको छ। के कुरा भएको छ, त्यो भने मलाई थाहा भएन।’
टास्क फोर्समा अहिले मर्जर प्रयोजनका लागि सूचीकृत कम्पनीहरुको सेयर कारोबार रोक्का निश्चित समयका लागिमात्र गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि गिरीले जानकारी दिए। ‘मर्जर प्रयोजनका लागि जतिसक्दो छिटो समयका लागि सूचीकृत कम्पनीहरुको सेयर रोक्का राख्ने भन्ने विषयमा छलफल भइरहेको छ’, उनले भने, ‘सेयर तरल सम्पत्ति भएकोले लामो समय रोक्का राख्न हुन्न भन्ने विषयमा हामी सकारात्मक नै छौँ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19