rss image
काठमाडौँ । सरकारले ‘नेपाल लगानी सम्मेलन २०१९’ सफल बनाउन र नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने सन्देश दिन हरसम्भव प्रयासको तयारी गरेको छ ।
यही चैत १५ र १६ गते काठमाडौँमा हुने लगानी सम्मेलनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । सम्मेलनमा सरकारले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गर्ने जनाएको छ ।
सरकारले विदेशी लगानीकर्तालाई आश्वस्त पार्न नीतिगत व्यवस्था एवं नीतिगत सुधार, सम्भावित परियोजनाबारे विषयगत जानकारसँगको पृष्ठपोषण प्रतिक्रिया, निजी सार्वजनिक साझेदारीको नीतिका बारेमा स्पष्ट पार्नेछ ।
लगानीका लागि सहज वातावरण बनाउने लक्ष्यका साथ राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।
सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २७ परियोजना प्रस्तुत गर्ने भएको छ । साथै सम्मेलनका क्रममा नै एक दर्जन परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ ।
सम्मेलनमा लगानीकर्ता, नेपालको विकासका साझेदार, कूटनीतिक नियोग र सरकारी प्रतिनिधि, सम्बन्धित विषयका जानकार, अन्य साझेदार सरोकारवाला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता हुनेछ ।
संविधानसभाबाट नेपालको संविधान जारी भई गत वर्षको निर्वाचनबाट दुई तिहाइ बहुमतको सरकार गठन भएपछि मुलुकमा राजनीतिक स्थिरता कायम भएको छ । यस परिवेशमा हुन लागेको यो लगानी सम्मेलन मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने कोशेढुङ्गा सावित हुने सरकारको अपेक्षा छ ।
दुईदिने सम्मेलनको पहिलो दिन नेपाल सरकारकोतर्फबाट लगानीको अवसर तथा लगानीसम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानीसम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्रहरु सञ्चालन हुनेछन् ।
त्यसैगरी सम्मेलनको अन्तिम दिन दुई वटा क्षेत्रगत र तीन वटा ‘प्लेनरी’ सत्र सञ्चालन हुनेछन् । यस सम्मेलनले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने आशा लिइएको छ । लगानी सम्मेलन सफलरुपमा आयोजना गर्न अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।
मुलुकमा तीन तहका सरकारको गठनसँगै स्थानीयस्तरमा आवश्यकपर्ने संस्थागत संरचनाको निर्माणसँगै विकास निर्माणका कार्य र राजनीतिक स्थायित्वपछि विकासका ठूला पूर्वाधार निर्माणमा आवश्यक पर्ने पूँजी जुटाउन सम्मेलन फलदायी हुने बताइएको छ । यसका लागि सरकारसँगै सरोकारवाला सबै निकायको प्रयत्न र सयोग आवश्यक छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago