काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांस वितरण नगर्ने भएको हो ।
कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गर्दै लाभांस वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको साधारण सभा आगामी माघ १२ गते शुक्रबार काठमाण्डौ नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।
सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गरिेनछ । सभामा कम्पनीको नियमावलीबमोजिम आगामी चार वर्षका एक जना महिलासहित लागि संस्थापक समूहबाट क बाट २ जना र सर्वसाधारण समूह ख बाट ३ जना गरी ५ जना सञ्चालक निर्वाचित हुनेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19