काठमाण्डौ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८५ करोड ७० लाख बिमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बिमाशुल्कतर्फको आर्जन १८.८८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म नेकोले ७२ करोड ८ लाख मात्र बिमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा यो कम्पनीले २५ करोड १५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २१ करोड ३ लाख मात्र नाफा गरेको थियो । खूद नाफातर्फ कम्पनीले १९.५६ प्रतिशतले प्रगति गरेको देखिएको छ । 

कम्पनीले समीक्षा अवधिमा पुनर्बिमा कमिसनबाट १५ करोड ३१ लाख, लगानी कर्जा तथा अन्यबाट ७ करोड ३ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा पुनर्बिमा कमिसनबाट १२ करोड ४७ लाख र लगानी कर्जा तथा अन्यबाट ५ करोड ५५ लाख मात्र आम्दानी गरेको थियो । 

अघिल्लो वर्ष यही अवधिमा १ लाख ९७ हजार १५१ रहेको बिमालेखको संख्या बढेर समीक्षा अवधिसम्म २ लाख ४ हजार १०३ पुगेको छ भने नवीकरण गरिएको बिमालेखको संख्या २२ हजार ५०८ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीले ३७ करोड १६ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २८ करोड ४५ लाख मात्र दाबी भुक्तानी गरेको थियो । 

कम्पनीले अघिल्लो वर्ष ३८ करोड ९५ लाखमा सीमित बिमा कोषको आकार बढाई ६६ करोड ९१ लाखको उचाई चुमाएको छ भने ३० करोड १६ लाखमा सीमित जगेडाकोषको आकार बढाएर ५५ करोड ३२ लाखको बनाएको छ । 

अघिल्लो वर्ष ३ करोड ५१ लाखमा सीमि महाविपत्ति जगेडाको आकार बढी ६ करोड ३० लाख पुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी २८.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०९.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.२४ गुणा कायम भएको छ ।