काठमाण्डौ । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ ।
एनआईटिभी कर्पोरेशनको प्रस्तुती रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।
विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको लहर नेटटिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ ।
आफ्ना मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको हो । २४ रुपैयाँ ९९ पैसादेखि निशुल्कसम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन् ।
स्मरणीय के छ भने नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।
न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेटफर्म प्रदान गर्दछ ।
एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिक कम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदायमाआधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम्आईपीटीभी हेड इन्ड संचालन गर्दछ ।
मिडिया, प्रविधि र वित्तीयक्षेत्रका स्थापितव्यक्तित्वहरुद्वारा स्थापितजापान, अमेरिका, सिंगापुर, अस्ट्रेलिया र युरोपमा रहेकाको नेटवर्क संचालन सुविधातथा काठमाडौँमा एक विकास केन्द्र बनाएर राखेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago