काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण नै ‘श्रम निर्यात’ रहेको बताएका छन्।
नेपाल निर्यात परिषद् (इकोन) को २४ औँ साधारणसभा तथा छैटौँ निर्यात दिवसको बिहीबार उद्घाटन कार्यक्रमलाई सम्बोधन अर्थमन्त्री शर्माले नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरिरहेको बताए। ‘त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ’, उनले भने, ‘उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै समस्याको समाधान हो।’
‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ। यही नै मुख्य समस्या हो। संकटको कारण यही हो’, मन्त्री शर्माले भने, ‘यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी श्रृष्टि गर्नुको अर्को विकल्प छैन।’
विभिन्न वस्तुहरुको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने शर्माको भनाइ थियो। त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। नीतिगत, संरचनागत, व्यवहारिक र व्यावसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उनले बताए।
मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्दै संस्थाको प्रशंसा गरे। ‘इकोनले निर्यातको डोरेटो बनाएको छ। यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने, ‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढंगले सोचौँ।’
शर्माले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे। त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धी–सम्झौताहरुको समीक्षा गर्ने समय पनि आएको पनि उनले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19