काठमाण्डौ । नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरम्वाङका अनुसार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्तपालमा उपचारका क्रममा मृत्यु भएकी ४६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रजिअ कुरुम्वाङका अनुसार ती महिला निमोनियाबाट पीडित थिइन्। अवस्था निकै जटिल बनेपछि उनलाई गत जेठ ३० गते अस्पतालमा भर्ना गरिएको थियो। आईसीयूमा उपचाररत बैजनाथ गाउँपालिका ६ की ती महिलाको सोमबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रजिअ कुरुम्वाङले जानकारी दिए। ‘ती महिलाको मंगलबार साँझ कोरोना नतिजा पोजेटिभ आयो’, उनले भने।
ती महिलाको शव व्यवस्थापनको तयारी भइरहेको कुरुम्वाङले जानकारी दिए।
यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago