काठमाण्डौ । नेपालको बृहत्तर अनलाइन सपिङ्ग गन्तव्य दराजले पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ । जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवम् विशेष छुट दिनेछ । 

यो उत्सवले अनलाइन सपिङ्गको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने कम्पनीको दाबी छ । 

यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना गरिनेछ ।

पहिलोपटक यो किनमेल दिवस फेब्रुअरी १, २०१९ बाट आरम्भ हुने कम्पनीले जनाएको छ । 

२४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तैः क्लोभिया, क्यालिबर, मन्त्र, गोल्डस्टार, अमेरिकन टुरिस्टर, टाइटन, बाल्त्रा, शायोमि, मेबेल्लाइन, कन्भर्स, रँगोली, सोनी, लॉरियल पेरिस र अरु पनि धेरै ब्राण्डहरु आकर्षक बार्गेन डिलमा किन्न पाउनेछन् ।

“एक प्रमुख अनलाइन सपिङ्ग केन्द्र हुनाले दराजले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव प्रारम्भ गर्दैछ, जसमा एक ब्राण्डले एक दिनमा विशेष महत्व पाउनेछ । उपभोक्ताहरुले पनि सो दिन अद्भुत किनमेलको अनुभव संगाल्न सक्नु हुनेछ । अझ, सो दिन आकर्षक डिलहरु, मनोरञ्जनात्मक खेलहरु र संग्रहणीय भाउचरहरुद्वारा ग्राहकहरुलाई उत्साहित तथा संलग्न गराइनेछ । हामी प्रमुख नेपाली साथै अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई ग्राहकहरुसम्म पुर्याउन प्रतिबद्ध छौ,”-ब्राण्ड डेको बारेमा दराजका सह प्रबन्ध निर्देशक लीनो एह्लेरिङले भने ।