काठमाण्डौ । बढ्दो वृद्ध जनसंख्याका निम्ति वित्तीय समावेशिता, वित्तीय शिक्षा एवम् वित्तीय ग्राहक संरक्षणका लागि समाजका सबै तहमा आवश्यक कार्य थालनी गर्नुपर्ने नेपालमा पहिलोपटक आयोजना गरिएको सेबोन–ओईसीडी अन्तर्राष्ट्रिय वित्तीय ग्राहकको संरक्षण तथा वित्तीय शिक्षासम्बन्धी सम्मेलनले निष्कर्ष निकालेको छ । 

हालै काठमाण्डौमा सम्पन्न दुई दिने सम्मेलेलनले वृद्ध जनसंख्या विकसित मुलुकहरुको मात्र समस्या नभई विकासोन्मुख मुलुकहरुको लागि पनि बिशेष समस्या बनेको निचोड निकालेको त्यसमा पनि यो विकासोन्मुख मुलुकमा रहेको उच्च प्रजनन दरले झन् चुनौतीपूर्ण बनेको छ ।

वृद्ध जनसंख्याको उचित वित्तीय समावेशिताका लागि सहज र विस्तृत नीति तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको सम्मेलनले निक्र्यौल गरेको छ । 

वित्तीय प्रविधीले वित्तीय समावेशितामा दुवै राम्रा र नराम्रा असर ल्याएको–राम्रो पक्षमा जोखिमयुक्त जनसंख्यालाई प्रभावकारी एवम् कुशलतापूर्वक समावेश गर्न सकिने सम्मेलनको ठहर छ । सम्मेलनले नराम्रो पक्ष–वित्तीय प्रविधीको विकाश एकदमै तिव्र भएकाले धेरै जोखिमयुक्त जनसंख्या त्यो परिवर्तनसंग सामना गर्न नसक्ने भएको उजागर गरेको छ । 

सम्पूर्ण सम्बद्ध पक्षहरु जस्तै सरकार, वित्तीय संस्थाहरु, प्रयोगकर्ताहरु, गैह् सरकारी संस्थाहरुले उच्चतम प्रयासगरी जोखिमयुक्त जनसंख्यालाई वित्तीय समावेशिता प्रकृयामा छुटाउन नहुने सम्मेलनले सुझाव दिएको छ । 

यसैगरी मूल्यमा आधारित वित्तीय शिक्षा बाल्यकालदेखि नै आवश्यक भएकाले, बिद्यालयका पाठ्यक्रममा वित्तीय शिक्षा संग्लग्न गराइनुपर्ने । वित्तीय शिक्षा र उपभोक्ता सुरक्षा वित्तीय क्षेत्रको स्वस्थ विकाशका लागि आवश्यक रहेको र वित्तीय समावेशिता र व्यावसायिक फाइदाका वीचमा तादत्म्यता हुनुपर्नेमा सम्मेलनले जोड दिएको छ। 

त्यस्तै विभिन्न अप्ठ्यारा मुद्दा समाधान गर्न र नयाँ वित्तीय वातावरण विकाश गर्न दुवै माग र आपूर्ति पक्षलाई ख्याल गरी कुशल र ब्यवहारिक वित्तीय शिक्षा र उपभोक्ता सुरक्षाका नीतिहरु बनाइनुपर्ने सम्मेलनले राय प्रस्तुत गरेको छ । 

नियमन तथा प्रशासनिक खाका बनाउँदा वित्तीय शिक्षालाई समेत मध्यनजर गरी, यसलाई गरीबि घटाउने र आर्थिक वृद्धि, स्थिरता र विश्वास बढाउने उपकरणका रुपमा विकाश गर्नुुपर्नेमा सम्मेलनले जोड दिएको छ । 

यसैगरी वित्तीय शिक्षा सम्बन्धी कार्यक्रमहरु तर्जुमा गर्दा लक्षित वर्गको वित्तीय साक्षरता स्तर र आवश्यकताका साथै सो वर्गको वित्तीय सूचना प्राप्त गर्ने चाहनालाई समेत मध्यनजर गर्नुपर्ने सम्मेलनले पछि जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा वित्तीय शिक्षा तथा वित्तीय ग्राहक हितलाइ मध्यनजर गरी सुपरिवेक्षकीय निकायको भूमिका, ग्राहकलाई समतामूलक एवम् निस्पक्ष ब्यवहार, सूचना प्रवाह तथा पारदर्शिता, वित्तीय सूचना तथा सचेतना प्रदान गर्ने सम्बन्धी जिम्मेवारी, वित्तीय सेवा प्रदान गर्ने निकायहरुको उत्तरदायी व्यवसायिक आचरण, ठगी तथा दुरुपयोगबाट ग्राहकका सम्पत्तिहरुको सुरक्षा, ग्राहकका अभिलेखहरुको सुरक्षा तथा गोपनियता, गुनासो समाधान तथा निस्पक्ष प्रतिस्पर्धा प्रबद्र्धन जस्ता विषय सम्बन्धमा स्पष्ट ब्यवस्था समेटी कानूनी, नियमन तथा सुपरिवेक्षण सम्बन्धी खाका तयार गर्नुपर्नेमा जोड दिइएको छ। 

नेपाल धितोपत्र बोर्ड र ओईसीडीद्वारा संयुक्त रुपमा पहिलो एसिया प्यासिफिक क्षेत्रको वित्तीय ग्राहकको संरक्षण तथा वित्तीय शिक्षासम्बन्धी दुईदिने सम्मेलनमा ३६ अन्तर्राष्ट्रियसहित कुल १२५ जनाको सहभागिता थियो ।

नेपालबाट अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बिमा समिति, लगानीकर्ता लगायत धितोपत्र बजार सहभागीहरु, बजार विज्ञ, उद्यमी, स्वतन्त्र अध्ययन(अनुसन्धानकर्ता तथा विश्व विद्यालयका प्राध्यापक गरी कुल ८९ जना र अमेरिका, वेलायत, फ्रान्स, भारत, ताइवान, भुटान, चीन, थाइल्याण्ड, कम्बोडिया, सिंगापुर, जापान, काजाकस्तान तथा दक्षिण अफ्रिका लगायत १४ देशका ३६ प्रतिनिधिको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए। उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, इभ्ऋम् का वित्तीय तथा उद्यम मामिला निर्देशनालयका उपनिर्देशक एन्टोनियो गोम्स, इभ्ऋम् का एशियाली क्षेत्रको पहुँच गतिविधीका इन्चार्ज सिगेटो हिकीलगायतको सहभागिता थियो।